प्रजातान्त्रिक योद्धा कुशवाहाको निधन, दलद्वारा शोक प्रकट
महोत्तरी । प्रजातान्त्रिक आन्दोलनका योद्धा रामचन्द्रसिंह कुशवाहाको निधन भएको छ । क्यान्सरबाट पीडित कुशवाहाको वीर अस्पतालमा उपचारको क्रममा मङ्गलबार निधन भएको हो ।
निधन लगत्तै कुशवाहाको पार्थिव शरीर पडरियास्थित निवासमा ल्याइएको छ । दिवंगत कुशवाहाका पत्नी, दुई छोरा र दुई छोरी छन् । उनको आजै अन्तिम संस्कार गरिने भएको छ । प्रजातान्त्रिक योद्धा कुशवाहाको निधनप्रति विभिन्न राजनीतिक दलले शोक प्रकट गरेका छन् ।
कुशवाहाको निधनप्रति नेपाली कांग्रेसका महोत्तरी जिल्ला सभापति नागेश्वर यादव, नेपाल कम्युनिष्ट पार्टी (एमालेका अध्यक्ष बलिराम यादव र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला इञ्चार्ज प्रकाशहरि पोखरेलले छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै शोक प्रकट गरेका हुन् ।

.gif)