काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, २६ यात्रु घाइते
काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका ९ मा बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ ख ००४५ नं. को बस आज बिहान चार बजेतिर आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।
एक जना घाइतेको अवस्था गम्भीर र अन्यको सामान्य छ ।
घाइतेहरुको कपिलवस्तु र रुपन्देहीका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

.gif)