बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ घाइते
काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका-६ को खिपाली मोडमा शनिबार बिहान ६ बजेतिर सुपप्र ०१००१ज१३७२ नम्बरको जीप सडकबाट करीब ७० मिटर तल खसेर दुर्घटना भएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका जीप चालक डिलासैनी गाउँपालिका–१ नगराउ बस्ने २४ वर्षीय सन्तोशबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण चौधरीको मृत्यु भएको हो । गम्भीर अवस्थामा उद्दार गरेर पाटन प्राथमिक स्वास्थ्य केन्द्र पठाइएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा अन्य ६ जना घाइते छन् । घाइते हुनेमा डिलासैनी गाउँपालिका–१ कै ४२ वर्षीय रामबहादुर राना, ५१ वर्षीय कमला धामी, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, २ वर्षीया एलिसा खत्री र २५ वर्षीय हेमन्त प्रसाद भट्ट रहेका छन् । उनीहरु मध्ये गम्भीर अवस्थाका कमला धामी र राजेन्द्र खत्रीलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।

.gif)