पूर्वमन्त्री बालाराम घर्ती मगरको निधन
काठमाडौं । राप्रपाका संस्थापक नेता तथा पूर्वमन्त्री बालाराम घर्ती मगरको निधन भएको छ ।
शुक्रबार बिहान सातदोबाटोस्थित निवासमा बसिरहेको बेला एकाएक स्वास्थ्यमा समस्या भएपछि परिवारका सदस्यले बीएण्डबी अस्पताल लगेकामा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको हो ।
उनको श्रीमती र ७ छोरी छन् । एउटा बाहेक अरू छोरी विदेशमा रहेकाले उनीहरू आएपछिमात्रै अन्तिम संस्कार हुने जनाइएको छ । उनको पार्थिव शरीर बीएण्डबी अस्पतालमै राखिएको छ । रोल्पाबाट प्रतिनिधित्व गर्ने उनी पटक पटक सांसद र मन्त्री बनेका थिए ।

.gif)