सुनचाँदी व्यवसायीद्वारा विलासिता कर र भ्याट खारेज गर्न माइतीघरमा प्रदर्शन
काठमाडौँ । सुनचाँदी व्यवसायीहरुले विलासिता कर र भ्याट खारेजी माग गर्दै काठमाडौँमा प्रदर्शन छन् ।
नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको आव्हानमा बिहीबार माइतीघरमा प्रदर्शन गरिएको हो । व्यवसायीहरुले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै आएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीमा विलासिता कर र १३ प्रतिशत भ्याट लगाउने बताएको छ ।
समितिले यसले व्यवसायीलाई धेरै मर्का पर्ने बताएको छ । उनीहरुले कानुन बमोजिम नगद सरह सम्पतीको व्यवस्था कार्यान्वयन गर्न, हिरा जुवाहरत पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर्न, कोटा प्राणली खारेज गरी २५, ५० र १०० ग्रामका सुनका टुक्रा पान नम्बर र कर चुक्ताका आधारमा गहना उत्पादक तथा कालीगढ र आम व्यवसायीले आफ्नै क्षेत्रमा सहज रुपमा खरिद गर्ने व्यवस्था गर्न माग गरेका छन् ।
उपभोक्ता, कर्मचारी, कालीगढ तथा व्यवसायीमैत्री ऐन कानुन निर्माण गर्न समेत माग गरेका छन् ।

.gif)