गौरीघाट-गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तह पार
काठमाडौं । बागमती नदीको गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग, बाढी महाशाखालका अनुसार मंगलबार राति १२ बजे आसपासदेखि निरन्तर परेको पानी २ बजे सतर्कता तह पार गरेको हो । गौरीघाट, गुह्येश्वरी, चावहिल, नयाँबस्ती, जोरपाटी क्षेत्रमा बस्नेहरूको मोबाइलमा सुरक्षित रहन सन्देश प्रवाह गरीएको छ ।
यसैगरी रुद्रमती ९धोबीखोला० को कपन क्षेत्रमा पनि जलसतह सतर्कता तह पार गर्न लागेको छ । राजधानीका अधिकांश भागमा राति १२ बजेदेखि नै करिब २५ मिलिमिटरको दरमा निरन्तर पानी परिरहेकाले पनि सुरक्षित हुन विभागले आह्वान गरेको छ ।

.gif)