sevenstartv.com ५ पुष २०८२, शनिवार

बाढीको विध्वंशपछि प्रधानमन्त्री र चिनियाँ राजदूतसहितको टोली रसुवागढीमा,  क्षति स्थलगत अवलोकन

२४ असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत छन सोङसहितको टोली भोटेकोशी नदीको बाढीले पु-याएको जनधनको क्षतिको स्थलगत निरीक्षणका लागि रसुवागढी नाका पुगेका छन् । 

प्रधानमन्त्री ओली, चिनियाँ राजदूत सोङ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा तथा जलश्रोतमन्त्री दीपक खड्का लगायतको टोली मंगलबार अपरान्ह हेलिकप्टर चढेर नेपाल–चीन सीमाक्षेत्र रसुवागढी नाका पुगेको हो । टोलीमा गृह सचिव गोकर्ण दुबाडी, प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,राष्ट्रिय अनुसन्धान प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा, राजस्व सचिव दिनेश कुमार घिमिरे र बिपद् प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टसहित छन् । 

नेपाल–चीन सिमानास्थित ल्हेन्दे खोलामा मंगलबार बिहान ३ बजे आएको भीषण बाढीले ठूलो क्षति पु¥याएपछि कूटनीतिज्ञसहित सरकारको उच्च अधिकारीहरूको जम्बो टोली रसुवा पुगेको हो । चीनको ल्हेन्दो र केरुङ खोलामा आएको बाढी नेपालस्थित भोटेकोशीमा भीषण रुप लिँदा रसुवागढी र चीनको केरूङ जोड्ने मितेरी पुल नै बगाएको छ । बाढीले रसुवा भन्सार कार्यालयको सेडघरमा रहेका मालवाहक कन्टेनर बगाएको छ। त्यसैगरी दर्जनौँ ईभी गाडी पनि बगाएको छ । मालवाहकm गाडीका चालक, प्रहरीसहित नेपाली र चिनियाँ नागरिक गरी २० जना बेपत्ता भएकान थिए । बेपत्ता भएका मध्ये अहिलेसम्म ७ को शव फेला परेको छ । नेपाल प्रहरीकाअनुसार बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ । 

बाढीबाट रसुवाको गोसाइकुण्ड गाउँपालिकाका १, २ र ३, आमाछोदिङ्मो गाउँपालिकाका १, २, ४ र ५ उत्तरगया गाउँपालिकाका २, ४ र ५ तथा कालिका गाउँपालिकाको १ नम्बर वडा धेरै प्रभावित भएका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्