sevenstartv.com ५ पुष २०८२, शनिवार

सिराहामा शिक्षकद्वारा १० छात्रामाथि यौन दुर्व्यवहार

२४ असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेकी सांसद सम्झना थपलियाले सिराहाको गोलबजार नगरपालिका– ८ चोहर्वास्थित जनता नमुना माध्यमिक विद्यालयका शिक्षकले छात्राहरुमाथि यौन दुव्र्यवहार गरेको विषयमा गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन् । 

मंगलबारको प्रतिनिधिसभाको बैठकमा सांसद थपलियाले विद्यालयका १० जना छात्रामाथि शिक्षक हरी श्रेष्ठले यौनजन्य दुव्र्यवहार गरेको भएपनि विद्यालय प्रशासनले कुनै कारबाही प्रक्रिया नथालेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएकी हुन् । 

उनले जिल्लाकै नमूना विद्यालय रहेको जनता नमूनामा पछिल्लो दश वर्षमा करिव १५ करोड अनुदान गएको भएपनि माध्यमिक शिक्षा परीक्षाको नतिजा समेत शुन्य आएको बताए । 

लामो समयदेखि शारिरिक यौन हिंसामा परेका किशोरीहरु मानसिक रुपमा थलिएको उल्लेख गर्दै शिक्षकमाथि यथाशिघ्र कारबाही प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्