sevenstartv.com ५ पुष २०८२, शनिवार

मुख्यमन्त्री लामाको आग्रहपछि बाढीमा फसेकाहरुलाई उद्धार गर्न हेलिकप्टर पठाइयो

२४ असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौँ । बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाले भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको जानकारी दिनुभएको छ । 

चीनको तिब्बतबाट बग्दै आएको भोटेकोशी हुँदै त्रिशुली नदीमा मंगलबार बिहार्न एक्कासी बाढी आउँदा रसुवा र नुवाकोटमा ठूलो धनजनको क्षति पुगेको छ। मुख्यमन्त्री लामाले बाढी प्रभावित स्थानमा संघ तथा प्रदेश सरकारले सु्रक्षाकर्मीसहितको टोली परिचालन गरेर स्थानीयसँगको समन्वयमा बाढीको कारण आपतमा परेकाहरुको उद्धार तथा राहत वितरण कार्य भइरहेको बताउनुभएको छ ।  

मुख्यमन्त्री लामाले आफूले गृहमन्त्री  रमेश लेखकलाई भेटेर बाढीले त्रिशुली खोलामा दाउरा खोज्न गएका नुवाकोट किस्पाङ्ग,साल्मे घर भएका पाल्देन तामाङ र मंगली तामाङ दम्पतीको उद्धारको लागि  नेपाली सेनाको हेलिकप्टर पठाउन आग्रह गरेको समेत जानकारी गराउनुभएको छ । 

‘घटनाको स्थलगत अवलोकन गर्न बाढी प्रभावित क्षेत्र पुगेर दुईवटै जिल्लाका प्रहरी तथा प्रशासनसँग निरन्तर समन्वय गरिरहेको छु’ उहाँले भन्नुभएको छ–  ‘घटनामा घाइतेभएकाहरुको उद्दार,राहत तथा बेपत्ता भएकाहरुको खोजी कार्यको भइरहेको छ। प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन सम्बन्धित सबैमा हार्दिक आग्रह गर्दछु।’

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्