sevenstartv.com ५ पुष २०८२, शनिवार

भोटेकोशी नदीमा आएको बाढीले जनधनको क्षति गरेको भन्दै उद्धार र राहतमा लाग्न कांग्रेसकाे अपील

२४ असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीले जनधनको क्षति गरेको भन्दै उद्धार र राहतमा युद्धस्तरमा लाग्न अपील गरेको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गरी बाढीले ठूलो जनधनको क्षति भएको भन्दै उद्धार र राहत लाग्न अपील गरेका हुन् ।

नेपाल–चीन जोड्ने मितेरी पुल एवं भन्सार क्षेत्रमा रहेका कन्टेनर र अन्य मोटर बगाउँदा करोडौंको क्षति भएको उल्लेख गर्दै कांग्रेसले ’यो विपत्तिको समयमा उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

वर्षाको समयमा हरेक वर्ष बाढी पहिरोको प्रकोप सामना गर्नु परेको र बेमौसममै पनि गत वर्ष असोज १२ मा गम्भीर विपत्ति व्यहोर्नु परेको स्मरण गराउँदै कांग्रेसले एक्यवद्ध ढंगले प्रकोप सामनामा व्यवस्थित योजना साथ तत्पर रहन तीनै तहको सरकारलाई आग्रह गरेको छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्