रसुवागढी हाइड्रोपावर र क्याम्पमा क्षति
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी हाइड्रोपावरमा पनि क्षति पुगेको छ । हाइड्रोपावरको ड्याम र क्याम्पमा क्षति पुगेको हो ।
क्याम्प बगाएपछि कर्मचारीहरु भागेर जंगलमा गएर बसिरहेको जनाइएको छ । आयोजनाका दुई महिलासहित २५–३० जना कर्मचारीहरु रहेको र उनीहरुलाई उद्धार गर्न हेलिकप्टर पठाउने तयारी भइरहेको जनाइएको छ ।
हाइड्रोपावरको विद्युत् उत्पादन गृह भने सुरक्षित रहेको प्रहरीले बताएको छ ।

.gif)