sevenstartv.com ५ पुष २०८२, शनिवार

बनेपा-नाला-भक्तपुर सडक पुनः अवरुद्ध

२३ असार २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । पुण्यमाता खोलाको पुल भाँचिएर ह्युमपाइप राखेर खुलाइएको बनेपा-नाला-भक्तपुर सडकखण्ड पुनः अवरुद्ध भएको छ । आइतबार साँझदेखि नाला क्षेत्रमा परेको वर्षाको कारण ह्युमपाइप माथिको माटो बाढीले बगाइदिएपछि सडक बन्द भएको हो । 

फलाममा अड्याइएको पुल शुक्रबार राति भाँचिएपछि बनेपा-नाला-भक्तपुर सडकखण्डको पुण्यमाता खोलामा बनेपा नगरपालिका र सडक विभागको पहलमा आइतबार बिहानमात्रै ह्युमपाइप राखेर खुलाइएको थियो ।

अरनिको राजमार्गको धुलिखेल–सूर्यविनायक सडकको वैकल्पिक मार्गसमेत रहेको सडकमा पूर्णरुपमा बन्द भएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्