करेन्ट लागेर एक जनाको मृत्यु
काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका-३, सयपत्री टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ३९ वर्षीय रोशन जिमीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार आइतबार साँझ ७ बजे घर नजिकै रहेको खेतमा रोपाइँका लागि पानी तान्ने क्रममा मोटर सेट जडान गर्दै गर्दा जिमीलाई करेन्ट लागेको थियो ।
स्थानीयवासीले गम्भीर घाइते उनलाई तुरुन्तै उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याएका थिए । उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।
घटनाबारेअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

.gif)