पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु
काठमाडौं । सुननरीको जब्दीस्थित मुरा खोलामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका-१६ का नौ वर्षीय युनिस खत्री र इटहरी-५ का ११ वर्षीय हेमबहादुर परियारको मृत्यु भएको हो ।
प्रहरीले उनीहरूलाई निकालेर सान्वी सिटी अस्पताल इटहरी पुर्याएको थियो । अस्पतालले शनिबार दिउँसो दुवै बालकलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुवैजनाको शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ।

.gif)