sevenstartv.com २४ मंसिर २०८२, बुधवार

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते

१८ असार २०८२, बुधवार स्टार संवाददाता

बाठमाडौं । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-३ मा मंगलबार राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् । स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत र छोरी सम्झना घाइते भएका हुन् । 

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई उपचारका लागि पाँचथर पठाइएको प्रहरीले जनाएको छ । घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो । छिमेकीले उनीहरूको उद्धार गरेका थिए । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्