संविधान सभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ ।
बाराको सुवर्ण गाउँपालिका-२ कवहीगोठ घर भएका यादवको ७२ वर्षको उमेरमा वीरगन्ज स्थित हेल्थकेयर अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको हो ।
यादव लामो समय देखि मधुमेह रोगबाट ग्रस्त रहेका थिए । उनी २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसबाट निर्वाचित भएका थिए ।
उनको आजै दिउँसो १ बजे अन्त्येष्टि गरिने परिवारले जनाएको छ । उनको निधनले नेपाली कांग्रेस बाराले एउटा अभिभावक गुमाएको तथा सिङ्गो पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।

.gif)