sevenstartv.com ५ पुष २०८२, शनिवार

झापाको एक फर्निचर उद्योगमा आगलागी

१६ असार २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं ।  झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ ।

स्थानीय मोतीबहादुर खड्काको एक तले टिनको घरमा सञ्चालित खड्का फर्निचर उद्योगमा विद्युत् चुहावट भई आइतबार राति आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । 


बिर्तामोड नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट उद्योगमा रहेको काठ चिर्ने मेसिन र काठपात पूर्णरूपमा जलेर नष्ट भएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्