sevenstartv.com २१ मंसिर २०८२, आइतवार

हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान सक्दैन : कृषिमन्त्री अधिकारी

१५ असार २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान नसक्ने बताएका छन् । 

आइतबार २२ औँ राष्ट्रिय धान दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले पछिल्लो समय जुत्ता, चप्पल लगाएर हिलोमा टेकिन्छ भनेर तर्केर हिँड्ने गरेको बताएका हुन् । 

सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने ढंगको सोच विकास भइरहेको भन्दै यस्तो सोच राख्न नहुने बताए । उनले अनुसन्धान गर्दै परिष्कृत गर्दै धान बालीलाई अघि बढाउनसके धानमा आत्मनिर्भर हुन कुनै समस्या नरहेको बताएका छन् । आत्मनिर्भर हुन राज्यको तर्फबाट गर्नुपर्ने दायित्व धेरै रहेको बताए । 

मल समयमा पाउनुपर्ने, पर्याप्त हुनुपर्ने कुरा जायज रहेको बताएका हुन् । असार र साउनमा मलको धेरै समस्या हुने हो की भन्ने चिन्ता लागेको भएपनि र पर्याप्त नभएपनि मलको व्यवस्थापन गर्न सरकार सक्षम रहेको बताएका छन् । मलका कारणले रोपाईं गर्न पाइन भन्ने किसिमको सोच नराख्न आग्रह गरे । आगामी दिनमा सहज ढंगबाट मल प्राप्त गर्ने बताए

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्