वाह रेसिडेन्सी (Wow Residency) को ५ वटा शाखाको भव्य शुभारम्भ सम्पन्न
काठमाडौं । आधुनिक सुविधा सम्पन्न होस्टलको अवधारणा बोकेर स्थापित Wow Residency को पाँचवटा शाखा (कोटेश्वर, झम्सिखेल ललितपुर, सडोबाटो, थापाथली र बानेश्वर) को भव्य शुभारम्भ कार्यक्रम कोटेश्वरस्थित A-One Café मा सम्पन्न भएको छ।
Wow Residency का संस्थापक, सञ्चालक तथा CEO Manish जंग शाही को नेतृत्वमा स्थापना भएको यो संस्था अध्ययन, रोजगारी तथा पर्यटन प्रयोजनका लागि काठमाडौं आउने युवायुवती, कामकाजी वर्ग तथा पर्यटकहरूलाई लक्षित गर्दै उच्च स्तरीय आवास सेवा उपलब्ध गराउने उद्देश्यले अघि बढाइएको हो। आधुनिक जीवनशैली, सुरक्षित र सुविधाजनक बसोबास, सुलभ शुल्क र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित Wow Residency ले होस्टल सेवामा नयाँ मापदण्ड स्थापना गर्ने विश्वास लिएको छ।
समारोहमा युवा नेता भुपेन्द्रजंग शाही, टिका पुन र ज्ञानेन्द्र शाही, सुनिल केसि , विनोदकुमार शाही, होस्टेलसोसियन प्रतिनिधि, पर्यटन व्यावसायिक र बिभिन्न कलाकार व्यावसायिक लगायत बिभिन्न ब्यक्तिहरुको उपस्थिति रह्यो। कार्यक्रममा सांसद् माननीय ज्ञानेन्द्र शाही उपस्थित थिए । उनले आफ्नो मन्तव्यमा Wow Residency को होस्टलहरुमा कर्णाली प्रदेशकै ताजा र गुणस्तरीय तरकारी प्रयोग गर्न, त्यससँगै सिजन अनुसारको फलफूलको व्यवस्था मिलाउन सुझाव दिएका छन् ।
यसले स्वास्थ्यप्रद खानपानमा टेवा पुर्याउनुका साथै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उनको भनाइ थियो । बागमती प्रदेशका माननीय सुनिल के.सी. ले Wow Residency द्वारा प्रदान गरिने आधुनिक तथा लक्जरी सुविधाहरू-जस्तै जिम, एसी, नन-एसी, अटेच र नन-अटेच कोठा, पूर्ण फर्निस्ड कोठा, उच्चगतिको वाइफाइ सेवा आदिको प्रशंसा गर्दै यस्तो स्तरीय होस्टल स्थापना गर्नु भएकोमा आयोजकप्रति आभार व्यक्त गरे । उनले कामकाजी व्यक्ति र पर्यटकहरूको बसोबास सहज बनाउने यस्तो पहलले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ! प्रभावशाली युवा नेता भूपेन्द्र जंग शाही ले Wow Residency जस्ता सकारात्मक र दूरदर्शी प्रयासहरू सधैंभरि सफल रहून् भन्ने शुभेच्छा व्यक्त गर्दै यस्ता उदाहरणीय कदमहरूले समाजमा राम्रो सन्देश प्रवाह गर्ने धारणा राखेका छन् ।
उनले नयाँ पुस्ताले यस्ता सिर्जनात्मक प्रयासहरूबाट प्रेरणा लिनु आवश्यक रहेको उल्लेख गरे । राष्ट्रिय युवा परिषद्का बोर्ड सदस्य विनोद शाही ठकुरी ले Wow Residency जस्ता व्यवसायिक पहलहरूले युवालाई उद्यमशीलता र आत्मनिर्भरतातर्फ आकर्षित गर्ने मार्ग देखाउने बताए । उनले व्यवसायमार्फत युवाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गर्दै यस्ता काममा निरन्तरता रहनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा लोकप्रीय कलाकार pragya प्राज्ञ टिका पुन, सपना शाही, सुरेश शाही , होस्टेक असोसियन, अध्यक्ष लगायत पर्यटन व्यावसायी अनुप सुबेदि लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनुले शुभारम्भ कार्यक्रमलाई अझ भव्य र आकर्षक बनाएको थियो। Wow Residency को यो नयाँ पहलले काठमाडौं उपत्यकाको होस्टल सेवा क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै युवापुस्तालाई आत्मनिर्भर, व्यावसायिक र सक्षम बनाउने दिशामा महत्वपूर्ण रुप लिएको छ ।

.gif)