बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु
काठमाडौं । बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । सिगास गाउँपालिका २ खोल्टेकी ५० वर्षीय तारादेवी धामीको मृत्यु भएको हो ।
शुक्रबार बिहान ८ बजेतिर घर नजिकैको ताछे भीरमा घाँस काट्न गएकी धामीको लडेर मृत्यु भएको हो । घाँस काट्न गएकी धामी दिउँसोसम्म घर नफर्केपछि खोजी गर्दा भीरबाट १०० मिटर तल धामीको शव फेला परेको थियो । धामीका श्रीमान्, एक छोरा र एक छोरी छन् ।

.gif)