एसईईको नतिजा अन्तिम चरणमा, बोर्ड बैठक बोलाइयो
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जनाएको छ । परीक्षा नियन्त्रक डा गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ । परीक्षा नियन्त्रक भट्टराईका अनुसार त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको छ । ‘नतिजाको अन्तिम चरणमा छौँ, तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन’ उहाँले भन्नुभयो– नतिजा सार्वजविक गर्नका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ । सम्भवतः बोर्डको बैठक ले त्यो निर्णय गर्छ।’
परीक्षा नियन्त्रक भट्टराईले नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक आज बस्ने भए पनि समय भने निर्धारण भइनसकेको बताउनुभयो ।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका छन् ।

.gif)