sevenstartv.com ५ पुष २०८२, शनिवार

कर्णालीबाट खाली खुट्टै काठमाडौँ आएका नवराजले भेटे शेखर कोइराला

११ असार २०८२, बुधवार स्टार संवाददाता

काठमाडौँ । कर्णाली प्रदेशबाट खाली खुट्टा पैदलै काठमाडौं आइपुग्नुभएका  नवराज बोहराले नेपाली  कांग्रेसका नेता डा शेखर कोइरालासँग भेटघाट गर्नुभएको  छ । बोहराले कांग्रेस नेता कोइरालासँग बुधबार भेटघाट गर्नुभएको हो । 

भ्रष्टाचार विरोधी अभियन्ता बोहरा कर्णालीको राजधानी सुर्खेतबाट ३१ दिन लगाएर जुत्ता बिना पैदल काठमाडौँ आइपुग्नुभएको हो । केही दिनअघि काठमाडौँ आइपुग्नुभएका बोहराको प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना कुरा राख्ने धोको भने पूरा भएन । खाली खुट्टै सिंहदरबार छिरेका बोहरालाई प्रधानमन्त्रीको सचिवालयले भेटने अवसर भने मिलाएन । तर प्रधानमन्त्री ओलीले बोहराको लागि एक जोर जुत्ता भने पठाइदिनुभएको थियो ।

प्रधानमन्त्रीलाई भेट्न नपाएपछि बोहरा सिंहदरबारबाट खाली खुट्टै बाहिरिनु भएको थियो । बोहरा त्यसपछि प्रमुख दलका नेताहरुसँग भेटघाट गर्नेतिर लाग्नुभएको हो । बोहराले यसअघि पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल  दाहाल ‘प्रचण्ड’सँग भेटघाट गर्नुभएको  थियो । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्