नेपाल बैंक र स्लाभिका आईभीएफबीच सम्झौता
काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी तथा ग्राहकले सिनामंगलस्थित स्लाभिका आईभीएफ एण्ड रिसर्च सेन्टर प्रालिमा उपचार गराउँदा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र ग्राहकले अस्पतालको विविध उपचार सेवामा १० देखि २० प्रतिशत सम्म छुट पाउनुका साथै गाइनालोजी कन्सल्टेन्स र कन्सल्टेसन अप आईभीएस स्पेसिलिष्ट सेवामा १०० प्रतिशत सम्म छुट पाउनेछन् ।
हालै सम्पन्न सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र प्रा.लि.को तर्फबाट अध्यक्ष श्री अजयजंग कुँवरले हस्ताक्षर गरेका छन् । ।

.gif)