sevenstartv.com १ पुष २०८२, मङ्गलवार

फिफा क्लब विश्वकप : रियल मड्रिडसँग पाचुका पराजित

९ असार २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह एचको खेलमा रियल मड्रिड विजयी भएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिडसँग पाचुका ३–१ गोलले पराजित भएको हो । 

रियलका लागि जुड बेलिङघम, आर्डा गलर र फ्रेड्रिको भाल्भार्डेले एक–एक गोल गरेका थिए । पाचुकाका लागि एलियास मोन्टेसले एक गोल फर्काएका थिए ।
खेलमा रियल १० खेलाडीमा सीमित भएको थियो । राउल एसेननिसियाले सातौँ मिनेटमा नै रातो कार्ड पाएका थिए ।


यो जितसँगै दुई खेलबाट रियल मड्रिड ४ अंकका साथ समूहको शीर्षस्थानमा रहेको छ । पराजित भएको पाचुका अंकविहीन छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्