आन्तरिक राजस्व वीरगञ्जले ११ महिनामा उठायो आठ अर्ब ५२ करोड राजस्व
काठमाडौं । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१र८२ को ११ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।
आन्तरिक राजस्व विभागले कार्यालयलाई चालु आवको जेठ मसान्तसम्मको अवधिमा सात अर्ब ५१ करोड ६४ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकामा कार्यालयले यो अवधिमा आठ अर्ब ५२ करोड नौ लाख ८९ हजार राजस्व सङ्कलन गरेको छ । चालु आवको ११ महिनामा लक्ष्यको ११३.३६ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले चालु आवको ११ महिनामा अन्तःशुल्क करतर्फ दुई अर्ब ८४ करोड ६५ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा सो शीर्षकमा लक्ष्यको १४२।२८ प्रतिशत अर्थात् चार अर्ब पाँच करोड ३८ हजार राजस्व राजस्व सङ्कलन गरेको छ ।
त्यस्तै कार्यालयले चालु आवको ११ महिनामा आयकरतर्फ रु दुई अर्ब ३२ करोड ४८ लाख ४८ हजार लक्ष्य रहेकामा सो अवधिमा रु दुई अर्ब ५५ करोड ५९ लाख ९४ हजार राजस्व संकलन गरेको छ। यो लक्ष्यको १०९।९४ प्रतिशत हुन आउँछ। कार्यालयले सो अवधिमा घरबहाल करतर्फ भने २५ करोड १० लाख आठ हजार राजस्व संकलन गरेको छ।
त्यस्तै मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब २२ करोड ८३ लाख ६८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा सो अवधिमा एक अर्ब ८३ करोड ७५ लाख ५० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। विभागले कार्यालयलाई वर्षभरिमा आठ अर्ब ७१ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको छ।

.gif)