sevenstartv.com ५ पुष २०८२, शनिवार

समष्टिगत आर्थिक पुनरुत्थानमा बजेट प्रभावकारी हुने अर्थमन्त्री पौडेलको दाबी

५ असार २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटले शिथिल अर्थतन्त्रलाई उकास्न सहयोग गर्ने दाबी गरेका छन् ।

बिहीबार राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् । उनले  निजी क्षेत्र र सहकारी क्षेत्रले बजेटप्रति सकारात्मक टिप्पणी गरिरहेको उल्लेख गर्दै बजेटले मितव्ययिता, सुशासन र आर्थिक पुनरुत्थानका लागि शाहसिक र उपयोगी कार्यक्रम अघि सारेको जिकिर गरे । 

उनले स्टार्टअप प्रवद्र्धनका लागि सूचना प्रविधि ९आईटी० क्षेत्रमा विभिन्न मन्त्रालयमार्फत महत्वपूर्ण कार्यक्रम प्रश्ताव गरे ।  रेमिटेन्स व्यवस्थापन, कृषि क्षेत्रको प्राथमिकता तथा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको समेत बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्