बजेटमा प्रश्तावित राजश्व वृद्धिको लक्ष्य पूरा हुन्छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा राजश्व वृद्धिको लक्ष्य पूरा हुने आत्मविश्वास रहेको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद्हरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले राजश्वको अनुमान गर्दा चालु आर्थिक वर्षको तुलनामा ४१ प्रतिशतसम्म राजस्व वृद्धि हुन्छ भन्ने अनुमान गरेर बजेट निर्माण गरेको विगतको अनुभव रहेको स्मरण गरे ।
उनले चालु आर्थिक वर्षको सन्दर्भमा ३१ प्रतिशतले राजश्व वृद्धि हुने विश्वासका साथ प्रश्तुत गरेको समेत स्मरण गरेका छन् । उनले विगतको पृष्ठभूमि र अनुभवका आधारमा आगामी आर्थिक वर्षको बजेटमा राजश्वको सम्बन्धमा प्रश्ताव गर्दा चालु आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा १७ प्रतिशत मात्रै राजस्व वृद्धिको लक्ष्य राखिएको बताए ।
उनले १७ प्रतिशतको राजश्व वृद्धिको लक्ष्य हुने विश्वास रहेको दोहोर्याए ।

.gif)