sevenstartv.com ५ पुष २०८२, शनिवार

जाजरकोटमा ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु

३१ जेठ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेका ​नलगाड नगरपालिका–७ बगराका १९ वर्षीय विनोद परियारको मृत्यु भएको हो । 

शुक्रबार नलगाड नगरपालिका-७ खगेनकोटस्थित जाजरकोट-डोल्पा सडक खण्डमा सरिया लोड गरी दल्लीदेखि कायाखेत जाँदै गरेको भे १ त ८७११ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते विनोद र १९ वर्षीय जयबहादुर परियारलाई उद्धार गरी उपचारका लागि प्रहरीले नगर अस्पताल दल्ली पठाएको थियो। दल्लीमा प्राथमिक उपचारपछि दुवैलाई रुकुमपश्चिमस्थित चौरजहारी मिसन अस्पताल पठाइएको थियो ।

चौरजहारी मिसन अस्पतालमा उपचारका क्रममा चालक विनोदलाई चिकित्सकले मृत घोषणा गरेको गरे । जयबहादुरलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्