sevenstartv.com ५ पुष २०८२, शनिवार

राप्ती नगरपालिकाले एकै पटक ७४ कर्मचारीलाई कामबाट निकाल्यो

२६ जेठ २०८२, सोमवार स्टार संवाददाता

चितवन । राप्ती नगरपालिकाले एकै पटक ७४ जना कर्मचारीलाई कामबाट निकालेको छ । 

नगरपालिकाले आन्तरिक स्रोतको अभाव र अख्तियारको चासोको कारण देखाउँदै दैनिक ज्यालादारीमा कार्यरत ७४ कर्मचारीलाई आकस्मिक सूचना जारी गरेर सोमबारदेखि लागू हुनेगरी कामबाट विदा गरेको हो । 

नगरपालिकाले हटाएमा कर्मचारीहरूमा भण्डारा अस्पतालका तीन जना डाक्टरसहित दुई दर्जनभन्दा बढी स्वास्थ्यकर्मी, ल्याब टेक्निसियन, वडा कार्यालयका सहयोगी, चालक र माली लगायत छन् । ज्यालादारी कर्मचारी हटाउने निर्णय नगरपालिकाको १४औँ नगरसभाबाट गठित सहजीकरण समितिले गरेको हो। पालिकाको यस्तो निर्णयले नगरका स्वास्थ्य संस्था, शाखा–उपशाखा, वडा कार्यालय र कृषि तथा पशु सेवा केन्द्रको सेवा प्रभावित हुने स्थिति बनेको छ । 

यो निर्णयले आगामी दिनमा नगरपालिकाभित्र थप विवाद र आलोचना निम्त्याउने संकेत समेत देखिएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्