बर्दियामा करेन्ट लागेर २ जनाको मृत्यु
काठमाडौं । बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । करेन्ट लागेर बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा गरेर दुई जनाएको मृत्यु भएको हो ।
बाँसगढी-९ माछागढका ५७ वर्षीय राजेन्द्रजङ्ग शाह र गुलरिया नगरपालिका-१२ भैसाही बस्ने २१ वर्षीय वीरेन्द्र थारुको मृत्यु भएको हो । आइतबार शाहलाई आफ्नै खेतमा धानको बिउमा पानी लगाउन मोटर चलाउने क्रममा करेन्ट लाग्दा मृत्यु भएको हो ।
त्यसैगरि बढैयाताल गाउँपालिका–९ कान्तिपुरमा घर बनाउने क्रममा करेन्ट लाग्दा थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।

.gif)