सरकार पुँजी बजारको विकास र विस्तारमा सकारात्मक छ : अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार पुँजी बजारको विकास र विस्तारमा सकारात्मक रहेको बताएका छन् । उनले धितोपत्र बोर्डलाई दबाब र प्रभावमा पार्नेहरूबाट सचेत भएर बजार विकासमा लाग्नुपर्ने बताएका हुन् ।
अर्थमन्त्री पौडेलले आइतबार नेपाल धितोपत्र बोर्डको ३३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै शेयर बजारमा भित्री कारोबार गर्नेलाई कारबाही दायरामा ल्याउन बोर्डलाई आग्रह गरे ।
‘गल्ती गर्नेलाई दण्डित गर्ने र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नुपर्छ’, पौडेलले भने, ‘संस्थालाई दबाब र प्रभावमा पार्ने धेरै छन् । त्यस्ताबाट जोगाएर नियमन बढाउनुपर्यो ।’ पौडेलले बोर्डको भूमिका गुणात्मक रूपमा सुधार गर्न चाहेको प्रष्ट पारे ।
अर्थमन्त्री पौडेलले नेपाल धितोपत्र बोर्ड बिचौलियाको फन्दामा पर्न नहुने बताए । पुँजी बजार अर्थतन्त्रको ऐना भएकाले पुँजी बजारको माध्यमबाट देशको अर्थतन्त्र सुधार गर्न सक्ने सकिने अर्थमन्त्री पौडेलको भनाइ थियो ।

.gif)