sevenstartv.com ५ पुष २०८२, शनिवार

पोखरीमा डुबेर दुई बालकको मृत्यु

२४ जेठ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । झापाको अर्जुनधारा नगरपालिका-११ स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

मृतकहरू तेहथुमको जिरीखिम्ती घर भई अर्जुनधारा-११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेको  प्रहरीले जनाएको छ । 

आज बिहान ८ बजे दुवै बालक पौडी खेल्न सामुदायिक वनभित्रको पोखरीमा गएका थिए । स्थानीय बासिन्दाले पोखरीमा डुबेको थाहा पाएपछि उद्धार गरेर उपचारका लागि विर्तामोडको बीएण्डसी हस्पिटल पुर्‍याएका थिए । 

हस्पिटलका चिकित्सकले बिहान ८ः३० बजेतिर दुवै बालकको मृत्यु भइसकेको घोषणा गरेको जनाइएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्