sevenstartv.com ५ पुष २०८२, शनिवार

आज निर्जला एकादशी : तुलसीको दल राखिँदै

२४ जेठ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । जेष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी। तुलसीको दल ९बिउ० राख्ने दिन। यो दिन छरिएको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशीका दिन तुलसी मठमा सार्ने विधान छ ।

यद्यपि शुक्रबार नै पूरा ६० घडी एकादशी थियो। पञ्चांगहरूमा शनिबार ३३ पला अर्थात् बिहान ५ बजेर २३ मिनेटसम्म मात्र  एकादशी उल्लेख छ। द्वादशीलाई स्पर्श गरेको एकादशी मानिने वैष्णव मान्यताअनुसार शनिबार तुलसीको दल राख्न लागिएको हो ।

एकादशी भगवान् विष्णुसँग सम्बन्धित पर्व हो । एकादशीका दिन विशेषगरी भगवान् विष्णुको पूजा आराधना गर्ने र माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ। एकादशी शुक्ल र कृष्ण पक्षमा गरी महिनामा दुई पटक पर्छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्