सैनिक कोषको २ करोड हिनामिना, सहायक रथी खड्का र सेनानी कार्कीमाथि कोर्टमार्सल
काठमाडौँ । सैनिक कल्याणकारी कोषको २ करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना भएको छ ।
कोषको रकम हिनाबिना गरेको आरोपमा नेपाली सेनाका सहायक रथी रोशन खड्का र सेनानी बोधराज कार्कीलाई सजाय गर्न कोर्टमार्सल शुरु गरिएको छ । कोर्टमार्सल सैनिक अदालतको इजलास हो । प्रधान सेनापतिले गठन गर्ने यस्तो इजलासले नै बहालवाला सैनिकको हकमा फैसला गर्छ ।
सहायक रथी खड्का र सेनानी कार्कीले कोषको २ करोड २१ लाख ५ हजार ५ सय १५ रुपैयाँ ४ पैसा हिनामिना गरेको.हो । रथी खड्का र सेनानी कार्कीसहित चार जनाले सैनिक कल्याणकारी निर्देशनालयमा कार्यरत रहँदा आवास तथा बीमा बापतको रकम हिनामिना गरेको सेनाले जनएको छ । रकम हिनामिनामा संलग्न रहेका तर अवकाश भइसकेका अन्य २ जनाविरुद्ध भने काठमाडौँ जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो । ती मध्ये जमदार आत्माराम थापा पुर्पक्षका लागि थुनामा छन् ।
वैशाख २८ गते जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । अदालतमै मुद्दा दायर भइसकेका पूर्व सेनानी लक्ष्मण अधिकारी भने विदेश फरार छन् । हाल अमेरिकामा रहेका उनलाई इन्टरपोलको सहयोगमा नेपाल फिर्ता ल्याउने प्रक्रिया अगाडि बढेको छ ।

.gif)