एभरेष्ट बैंकले ल्यायो इबिएल भर्चुअल क्रेडिट कार्ड
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो विद्युतीय सेवा विस्तारको क्रममा इबिएल भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ । जेठ २० गतेदेखि बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एपमार्फत यो पूर्ण डिजिटल कार्ड सुविधा प्राप्त गर्न सुरु गरेको बैंकले जनाएको छ ।
यो भर्चुअल क्रेडिट कार्डले ग्राहकलाई कम्तीमा ५० हजारदेखि अधिकतम ५ लाखसम्मको क्रेडिट सीमा उपलब्ध गराउँछ । ग्राहकहरूले फोन पे क्यूआर स्क्यान गरी सजिलै सामान तथा सेवाको भुक्तानी गर्न, अनलाइन लेनदेन गर्न र कार्ड व्यवस्थापन कार्यहरू गर्न सक्नेछन् ।
बैंकका अनुसार, यो सेवा प्रयोग गर्ने ग्राहकले ४५ दिनसम्म क्रेडिट सुविधा उपभोग गर्न पाउनेछन् । साथै, कुल बक्यौता रकमको न्यूनतम १० प्रतिशतदेखि १०० प्रतिशतसम्म रकम भुक्तानी गर्ने लचिलो सुविधा समेत उपलब्ध छ, जसले ग्राहकलाई वित्तीय सहजता दिनेछ । एभरेष्ट बैंकले यस डिजिटल क्रेडिट कार्ड सेवा मार्फत भुक्तानी प्रक्रिया अझ द्रुत, सरल र सुरक्षित बनाउने लक्ष्य राखेको छ।

.gif)