पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी काठमाडौंबाट पक्राउ
काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुति पक्राउ परेकी छन् ।
हरिनारायणकी बुहारी श्रुतिलाई विश्वासघात र ठगी सम्बन्धी आरोपमा अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।
श्रुतिलाई पर्सा प्रहरीले पक्राउ गर्न पत्राचार गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले त्यसतर्फ पठाउने तयारी गर्दैछ ।
कार्यालयका एसएसपी रमेश बस्नेतले श्रुति रौनियार पक्राउ परेको पुष्टि गर्दै पर्सा पठाउन लागिएको जानकारी दिनुभएको छ ।

.gif)