sevenstartv.com ५ पुष २०८२, शनिवार

पूर्वसभामुख सापकोटाविरुद्ध प्रहरी अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश

२१ जेठ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्धामा प्रहरी अनुसन्धान अघि बढाउन आदेश दिएको छ । 

सर्वोच्चले पूर्वसभामुख सापकोटाविरुद्ध परेको ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन आदेश जारी गरेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, डा मनोजकुमार शर्मा र डा कुमार चुडालको इजलासले पूर्वसभामुख सापकोटाविरुद्ध उजुरी तामेलीमा राख्ने प्रहरीको निर्णयलाई खारेज गरेको छ

सर्वोच्च आफ्नो वेबसाइटमा सापकोटा विरुद्धको मुद्दामा ‘उत्प्रेषण जारी’ भनेपनि अरु विवरण सार्वजनिक गरेको छैन । काभ्रेकी पूर्णिमाया लामाले आफ्ना पति अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लगाउँदै सापकोटाविरुद्ध किटानी जाहेरी दिनुभएको थियो । प्रहरीले त्यो जाहेरी तामेलीमा राख्ने निर्णय गरेको थियो, त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो ।

सर्वोच्चको आदेशपछि जिल्ला प्रहरी कार्यालय, काभ्रेले सापकोटाविरुद्ध परेको जाहेरीमाथि फेरि अनुसन्धान अघि बढाउनु पर्ने भएको.छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्