दुर्गा प्रसाईँको थुनछेक बहस शुरु
काठमाडौँ । चैत १५ गते काठमाडौँको तिनकुनेमा भएको हिंसात्मक घटना प्रकरणमा पक्राउ परेका दुर्गा प्रसाईँसहित ३९ जनाको थुनछेक बहस शुरु भएको छ।
हिंसात्मक घटनाका आरोपी प्रसाईँ लगायतकाको जिल्ला अदालत काठमाडौँका न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा बुधबारदेखि थुनछेक बहस शुरु भएको हो।
हिंसात्मक प्रदर्शनमा ६५ जनाविरुद्ध मुद्दा चलाइएको छ। ती मध्ये चार बालकलाई काल अदालत भक्तपुरमा र ११ जना मध्ये पक्राउ परेका १० जना आपराधिक उपद्रवको कसुरमा धरौटीमा रिहा भइसकेका छन्।
राज्यविरुद्धको कसुर, आपराधिक उपद्रवमा ५० जनालाई प्रतिवादी बनाइएको छ। ती मध्ये दुर्गा प्रसाईँसहित ८ जनालाई कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि प्रतिवादी बनाइएको छ। उनीहरु मध्ये अभियोग पत्रसाथ अदालतमा पेश गरिएका ३९ जनाको एकसाथ थुनछेक अगाडी बढेको हो।

.gif)