७१ जिल्लामा फैलियो डेंगु
काठमाडौँ । गर्मी बढ्दै जाँदा ७१ जिल्लामा डेंगु फैलिएको छ । जनवरीयता २ जुनसम्म एक हजार १३५ जनामा डेंगु संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागले जनाएको छ ।
यसमध्ये सबैभन्दा बढी काठमाडौंमा संक्रमण पुष्टि भएको छ । शाखाका अनुसार वर्षा सुरु भएकाले ठाउँठाउँमा पानी जम्ने र डेंगु फैलाउने लामखुट्टेको आतंक बढ्ेसँगै संक्रमण दर पनि बढ्दै गएको हो ।
गत वर्ष ४६ हजारमा डेंगु संक्रमण देखिएको थियो । डेंगुकै कारण १५ जनाको मृत्यु भएको थियो । पूर्वतयारी नहुँदा र सावधानी नअपनाउँदा गत वर्ष बढी संक्रमण देखिएको थियो । गत वर्षभन्दा यसपालि २ जुनसम्म कम संख्या देखिए पनि केही दिनमै संक्रमण दर ह्वात्तै बढ्न सक्ने चिकित्सकहरूको भनाइ छ ।

.gif)