sevenstartv.com ५ पुष २०८२, शनिवार

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाइँदै

२१ जेठ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । आज विभिन्न कार्यक्रमा आयोजना गरी जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदैछ । नेपालमा २०६८ सालदेखि भेदभाव तथा छुवाछुत उन्मूलन  दिवस मनाउन थालिएको हो ।

सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । त्यही दिनको स्मरणमा छुवाछुत उन्मूलन  दिवस मनाउने गरिन्छ । नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि व्यवहामा कार्यान्वयन नुहँदा सरोकारवाला चिन्तित छन् । अहिले पनि बेलाबेला जातीय विभेदका घटना भइरहेका छन् ।

जातीय छुवाछूत कानूनतः दण्डनीय अपराध हो । नेपालको संविधानले नै सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ ।

दिवसका अवसरमा आज सरोकारवालाहरूले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । राज्यका उच्च पदस्त व्यक्तिहरूले पनि दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै छुवाछूतमुक्त राष्ट्रका लागि प्रतिबद्धता व्यक्त  गर्नुभएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्