नगर प्रहरी प्रमुखबाट राजु पाण्डे निलम्बित
काठमाडौँ । काठमाडौँ महानगरले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई पदबाट निलम्बन गरेको छ ।
नगर प्रहरी प्रमुख पाण्डेलाई महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई कार्यकक्ष प्रवेशमा रोक लगाएको प्रकरणमा ६ महिनाको लागि निलम्बन गरेको हो । गत चैत २१ गते गुरागाईं कार्यालयमा हाजिर हुन जाँदा पाण्डेकै नेतृत्वमा रहेको नगर प्रहरीको टोलीले अवरोध गरेको थियो । त्यो घटना छानविन गरी पाण्डेलाई पदबाट निलम्बन गरिएको हो ।
पाण्डेलाई महानगरको प्रशासन प्रमुख ध्रुव काफ्लेको नेतृत्वमा बनेको समितिले स्पष्टीकरण सोधेर चित्त बुझ्दो जवाफ नआएपछि पदबाट निलम्बन गरेको हो ।

.gif)