sevenstartv.com ५ पुष २०८२, शनिवार

भालुको आक्रमणबाट जिरेल घाइते

२० जेठ २०८२, मङ्गलवार स्टार संवाददाता

दोलखा । गौरीशंकर गाउँपालिकामा भालुको आक्रमणबाट एक पुरुष घाइते भएका छन् । 

गाउँपालिकाको चेत्त्पु बस्ने ओलकबहादुर जिरेललाई भालुले आक्रमण गरेको हो । जिरेललाई गाउँपालिकाको वडा नम्बर १ जुगुस्थित रावा भिरपिरेपु सामुदायिक वनमा मंगलबार बिहान ७ बजे भालुले आक्रमण गरेको स्थानीयले जानकारी दिएका छन् । स्थानीयका अनुसार जिरेललाई जंगलको बाटो हिड्दा भालुले आक्रमण गरेको हो । 

भालुको आक्रमणबाट घाइते जिरेललाई उपचारको लागि मैनापोखरी चरिकोट पठाइएको छ ।  

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्