sevenstartv.com ५ पुष २०८२, शनिवार

करेन्ट लागेर हात्तीको मृत्यु

२० जेठ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमडौं ।  कमल गाउँपालिका-३ स्थित रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा करेन्ट लागेर एक जंगली हात्तीको मृत्यु भएको छ । गएराति उक्त हात्तीले जंगलभित्र गाडिएको फलामको बिजुली पोलमा धक्का दिएको बताइएको छ ।

धक्का दिँदा माथिल्लो लाइनमा सर्ट सर्किट भएर करेन्ट प्रवाह हुँदा हात्तीको सूँढ र एक दाँत जलेको अवस्थामा घटनास्थलमै मृत्यु भएको जनाइएको छ । 

घटनास्थल सुरक्षित राखिएको छ भने आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउनका लागि चुलाचुलीस्थित सव डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्