झोलुगेँ पुल बेचेको आरोपमा काभ्रेमा वडाध्यक्ष पक्राउ
काभ्रे । रोशी गाउँपालिकामा झोलुगेँ पुल बेचेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । झोलुगेँ पुल बेचेको आरोपमा रोशी गाउँपालिका ७ का अध्यक्ष अशोककुमार गौतम(हूदराज) पक्राउ परेका हुन् ।
वडा अध्यक्ष हूदराजले कटुञ्जेबेशीबाट रघुचौर खार्पाचोक चिसापानी वाईवाडाँडा हुँदै महाभारत गाउँपालिका जोड्ने एकमात्र विकल्पको रुपमा रहेको झोलुङे पुल २५ लाख रुपैयाँमा कवाडीलाई बिक्र गरेका हुन् ।
गौतमले गएको वैशाख २५ गते कवाडीलाई बिक्री गरेका थिए । झोलुगेँ पुल बेचेको त्यो रकम आफनै बैक खातामा जम्मा गरेको थाहा पाएपछि वडा सदस्य मानर्दोजे तामाङसहित स्थानीयबासीले जिल्ला प्रहरीमा आइतबार किटानी जाहेरी दर्ता गरेका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ट्रकसहित कवाडी व्यवसायी मुन्दु कुमार र जितेन्द्र पासवान प्रहरीको नियन्त्रणमा छन् । वडा अध्यक्ष गौतमलाई पनि काभ्रेको कटुञ्जेबाट काभ्रेभञ्ज्याङ तिर भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । वडा अध्यक्ष गौतमले वडाको सामाजिक कार्यका लागि बजेट विनियोज गर्ने र कामै नगरी वीलभरपाई नक्कली बनाई रकम निकासा गरी आफ्नै खातामा पठाउने गरेको स्थानीयको गुनासो छ ।

.gif)