बजेट कार्यान्वयन हुनसके ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।
सोमबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको ‘पोस्ट बजेट होलिस्टिक डिसकर्स’मा उनले बजेटको कार्यान्वयनमा जोड दिन आग्रह गरुका हुन् ।
उनले सुशासन बिना राम्रो नतिजा दिन नसकिने बताए । उनले सुशासन पालना गराउन नसके देशले खोजेको नतिजा आउन नसक्ने बताए । सरकारले अपेक्षा गरेको ६ प्रतिशतको आर्थिक वृद्धिदर बजेट राम्रोसँग कार्यान्वयन हुनसके सम्भव रहेको बताएका छन् ।

.gif)