sevenstartv.com ५ पुष २०८२, शनिवार

जेठ ३१ गते चर्चित जापानी जादुगर ज्याक १२ पहीलो पटक नेपाल आउँदै

१९ जेठ २०८२, सोमवार स्टार संवाददाता

काठमाडाैं । चर्चित जापनिज जादुगर ज्याक १२ पहीलो पटक नेपाल आउने भएका छन् । 

नेपाल-जापान सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले काठमाडौंमा एक भव्य सांस्कृतिक कार्यक्रम भाग लिन उनी जेठ ३१ गते काठमाडौंमा आइपुग्ने भएका हुन् ।  ‘नेपाल-जापान कल्चरल एक्सचेन्ज प्रोग्राम’ आयोजना गरिने भएको छ ।

ओजी मिडिया हाउसको आयोजनामा हुने कार्यक्रममा विश्व चर्चित जापानी जादुगर ज्याक १२ (Jack 12) ले प्रत्यक्ष जादु गर्ने भएका छन् । ज्याक १२ ती चर्चित कलाकार हुन्, जसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहमा समेत आफ्नो प्रस्तुति दिइसकेका थिए ।

 उनले नेपाली दर्शकमाझ पहिलोपटक जादुको अनुपम संसार देखाउने भएका छन् । कार्यक्रम २०८२ जेठ ३१ गते, शनिबार (June 14, 2025) मा सुकेधारास्थित नवदुर्गा पार्टी भेनुमा आयोजना हुनेछ ।

जादुसँगै संगीत र नृत्यको फ्युजन प्रस्तुति रहेको यस कार्यक्रममा नेपाली चर्चित कलाकारहरू टिका पुन द्वारा विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिने भएकाे छ ।

कार्यक्रमका संयोजक खगेन्द्र अधिकारीका अनुसार, 'यो कार्यक्रम नेपाल-जापानको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने महत्वपूर्ण प्रयास हो। नेपाली दर्शकहरूले अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जन एकै मञ्चमा पाउनेछन् ।'

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्