sevenstartv.com ५ पुष २०८२, शनिवार

सिमित व्यक्तिहरुको हातमा ऋण गएको गभर्नरको आशंका

१९ जेठ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । गभर्नर डा.विश्वनाथ पौडेलले केही व्यक्तिहरुको हातमा ऋण गएको आशंका व्यक्त गरेका छन् । 

बैंक तथा वित्तीय संस्थासम्बन्धि विधेयक बाफियामाथिको अर्थ समितिमा सोमवार भएको छलफलमा उनले यसबारे बाफियासम्बन्धि कानून बनाउँदा सांसद्हरुले विचार पुर्‍याउन जरुरी रहेको बताएका हुन् । उनकाअनुसार हालैको अध्ययनले १९ लाख ४० ऋणीमध्ये ०.०१ प्रतिशतले ३.९ प्रतिशत ऋण प्रयोग भएको देखाएको छ ।

ऋण प्रवाहको प्रक्रिया हेर्दा  ऋण एकहदसम्म केन्द्रिकृत हुँदै गएको हो की भन्ने कन्सन्स रहेको बताउँदै यसलाई पनि सांसदहरुले हेर्नुपर्ने बताए ।  पौडेलकाअनुसार सञ्चालकले कर्जा लैजान पाउने की नपाउने रु कति लैजान पाउने रु सञ्चालक भनेको के हो ? बैंक चलाउने मान्छे र व्यवसायीबीचको फरक आवश्यक हो वा होइन रु अरु देशमा छ भने नेपालमा पर्छ पर्दैन ? देशमा भइरहेको जे स्थिति छ त्यसमा ऋणको प्रवाहदेखि स्वार्थको द्वन्द्वबाट उत्पन्न परिस्थितिका बारेमा पनि बाफिया विधेयक बनाउँदै गर्दा संसदले नै आवश्यक निर्णय लिनुपर्छ ।

कतिपय अहिले देखापरेका चुनौतीलाई कानूनी रुपमा निरुपण गरिनुपर्ने उनको भनाई छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्