sevenstartv.com ११ कार्तिक २०८३, बुधवार

जाजरकोटमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

३ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका-२ ठूलडाँँडा पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।

  ४२ वर्षीय लालबहादुर परियार र उनकी श्रीमती ३४ वर्षीया मनीषा परियार र २ वर्षका छोराको मृत्यु भएको हो । 

गएराति गएको पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ । भूकम्पले घर भत्किएपछि लालबहादुर परियारको परिवार अस्थायी टहरामा बस्दै आएको थियो ।

 

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्