कोशी लोकमार्ग र तमोर करिडोर अवरुद्ध
काठमाडौं । अविरल वर्षाले कोशी प्रदेशका विभिन्न सडक अवरुद्ध भएका छन् ।
शुक्रबार रातिदेखि परेको पानीसँगै आएको बाढीले कोशी लोकमार्ग अवरुद्ध भएको हो । धरान-धनकुटा सडकखण्ड अन्तर्गत धनकुटाको साँगुरीगढी-६ लेउती खोलामा आएको बाढीले सडक कटान गरेको छ ।
सडक १०० मिटरजति कटान भएकाले दुईतर्फी बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रहरीले बाटो खुलाउन समन्वय गरिरहेको छ ।
यस्तै कोशी लोकमार्गअन्तर्गत गाँगुरीगढी( ६स्थित नमस्ने झरना नजिक सडकमा रुख ढलेका छन्। प्रहरी र सेनाको पाँच-पाँच जनाको टोली खटिएर सडक खुलाउँदै छन् । राजमार्ग अवरुद्ध भएपछि रातिदेखि नै यात्रुको बिचल्ली भएको छ ।

.gif)