sevenstartv.com ११ कार्तिक २०८३, बुधवार

नकारात्मक सन्देशको निरन्तरताले कांग्रेस सशक्त बन्न सक्दैन : प्रदीप पौडेल

१६ जेठ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली कांग्रेसका सांसद् प्रदीप पौडेलले नकारात्मक सन्देशको निरन्तरताले नेपाली कांग्रेस सशक्त बन्न नसक्ने बताएका छन् । 

शुक्रबार काठमाडौंमा अयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसले आफूलाई जिम्मेवारी दिएर सरकारमा पठाएको र जिम्मेवारी प्रभावकारी ढंगबाट निर्वाह गर्ने प्रतिवद्धता जनाए । 

सरकारमा गइसकेपछि जनताका बीचमा प्रचार गर्नेगरी उपलब्धिहरु देखाउन सक्नुपर्ने बताउनु भयो । राजनीतिमा म्यासेज सबैभन्दा ठूलो कुरा हुने भन्दै सकारात्मकता बढाउने गरी काम गर्नुपर्ने बताए । 

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्